बलात्कार आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ
काठमाडाैं १८ साउन । चितवनको माडी नगरपालिका ७ किर्तनपुर नजिकै मानसिक अवस्था भएकी एक २७ वर्षीया महिला सामूहिक बलात्कारकाे सिकारमा परेकी छन । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । पक्राउ पर्ने विद्यार्थीहरु माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत हुन चितवन बाहिरका जिल्लाबाट पढ्न माडीमा आएर डेरा लिएर बसेका उनीहरु १७, १८ र २१ वर्ष उमेरका रहेका छन् । विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए ।