ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन
काठमाडाैं १७ असार । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । कामतको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको हाे । पारिवारिक स्रोतले जनाएको छ।
६९ वर्षका कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण काठमाडौंमा उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने उनी पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएकाे पारिवारिक स्रोतले जनाएको छ।