भोजपुरमा अबिरल बर्षाले जलविद्युत आयोजना लगाएत बिभिन्न हाइड्रोपावर पूर्ण रुपमा क्षति
काठमाडौं १६ साउन । गएराति परेकाे अबिरल बर्षाले भोजपुरको थुम्लुङ खोलाबाट सुरु भइ इर्खुवा खोलामा आएकाे बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ भने बाढीले बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्याएको छ ।त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्याएको भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलथ राईले जानकारी दिएका छन ।
बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको उनले जनाए । मध्यरातमा आएकाे बाढिले बगाउँदा इर्खुवा खाेला जलविद्युत आयोजनामा कार्यरत तिन जना मजदुर बेपता भएका छन भने एक जनाकाे उद्धार गरिएकाे छ दुइ जना बेपता रहेका छन। खाेला किनारका वस्तिहरु जाेखिममा रहेकाे र सावधान भइ बस्न अनुराेध गरेकाे अध्यक्ष राईले जानकारी दिएका छन ।