बल्खु तरकारी बजार डुबानहुदा व्यवसायी मर्कामा
काठमाडौं १६ साउन। मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलामा आएकाे बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ । तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परेका छन् । तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन र मानिसहरु आवतजावतमा समस्या परेकाे छ ।