बल्खु खोलामा आएको बाढीले बगाउँदा एककाे मृत्यु
काठमाडौं १६ साउन । गएरातिदेखि परेको अविरल बर्षाका कारण बल्खु खोलामा आएको बाढीले एक जनाकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा बाके घर भइ हाल सुकुम्बासी बस्तीमा बस्ने ४५ बर्षीय राम रुप महताे रहेका छन । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपीले बताए । बुधबार बिहान करिब सात बजे तिर बल्खु पुल मुनी अडकिएकाे अवस्थामा शव फेला परेकाे हाे ।