हाेटलमा ग्राहकलाई सडेगलेको खाना खुवाउदा सञ्चालकले तिरे जरिवाना
काठमाडाैं १५ साउन । थाक्रे गाउँपालिका ८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटेलले ग्राहकलाई सडेगलेको दूषित खाना खुवाएकाे छ ।बासी र गनाएसकेको खानेकुरा ग्राहकलाई बिक्री गरेको ग्राहकले थाहा पाएपछि होटेल सञ्चालकलाइ सुनाएका थिए सञ्चालकले ग्राहकलाई गालीगलौज समेत गरेको पाएको छ त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी र अनुगमन टाेली होटेलमा पुगेको थियो हाेटल अनुगमन गर्दा फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरिएकाे हाे उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम न्यू रिया होटेललाई दुई लाख जरिवाना गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।