मेलाबाट भएकाे आम्दानीले विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण
काठमाडाैं १४ साउन । पर्वत जिल्लाकाे जलजला गाउँपालिका ९ बनौँमा स्थानीय मगर समुदायले बनौँ युवा क्लबले बुद्ध जयन्तीको अवसर पारेर गत वैशाख १० गतेदेखि १९ गतेसम्म क्लबको आयोजनामा मेला लागेको थियो । त्यहि मेलाबाट भएकाे आम्दानीले विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराइएका छन । बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्थानीय मगर समुदायको एक क्लबले एक सय ५० जना विद्यार्थीहरूको लागि करिब डेढ लाख रुपैयाँको लागतमा ट्रयाकसुट वितरण गरेकाे हाे। विद्यार्थीहरूकाे अध्ययनमा एकरुपता ल्याउन सहयाेग पुर्याउने स्थानीय बनौँ युवा क्लबले बताएका छन ।