सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी युवाकाे हत्या
काठमाडाैं १४ साउन । पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका ५ बस्ने उमेश बढईका २० वर्षीय छोरा रोशनकुमार भन्ने सूर्यकुमारको हत्या भएको छ।राति आफनै घरमा सुतिरहेको अवस्थामा सूर्यकुमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेकाे हाे ।सोही कोठामा उनका १६ वर्षीय भाइ पनि सुतेका थिए तर घटना बारे थाहा नपाएकाे बताएका छन । सोमबार बिहान ५ बजेतिर हत्या भएको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेकाे हाे किन र कस्ले हत्या गरेकाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएका छन ।