पोखरामा स्कुल बस दुर्घटना २ काे मृत्यु २८ घाइते
काठमाडाैं १४ साउन । पोखरा २१ कृस्ती नाच्ने चौरमा स्कुल बस दुर्घटना भएकाे छ । रामदीबाट बीराैटा स्थित एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विध्यार्थी लिएर स्कुल तर्फ जादै गर्दा बस दुर्घटना भएकाे हाे । अन्दाजी ५० मिटर तल-- बस खस्दा आमाछोराको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।