खलङ्गास्थित रिङ्नेताल नदिमा हामफालेर युवती बेपता
काठमाडाैं १३ साउन । दार्चुलाकाे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका वाड १ बस्ने उमेश शिहं कुवरकाे श्रीमति २५ वर्षीया धनिषा कुँवर नदीमा हाम फालेर बेपता भएकी छिन । स्थानीयले करिव साँझ ६ : ३० बजे तिर नदिकाे छेउमा उभिएकाे देखेर प्रहरीलाई खबर गरेका थिए । केही समयमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी त्याहा पुगेका थिए कुवँरलाइ उद्धार गर्नकालागी नजिकै पुगेका बेला नदीमा हामफालेकी हुन् ।