गोरखाको धार्चेमा पहिरोले पुरिएर पाँच जना बेपता
काठमाडाैं १३ साउन । गोरखाको धार्चे गाउँपालिका ५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका पाँच जना बेपत्ता भएका छन । आइतबार बिहान करिब तीन बजे तिर आएकाे पहिराेले स्थानीय जीतबहादुर गुरुङको घर र घर नजिकै रहेकाे कृषि फर्म पुरिएकाे हाे पहिरोमा पुरिएर जीतबहादुर सहित उनकी श्रीमती वर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता भएका छन । बेपत्ता हुनेहरु एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने रहेका छन । विकट ठाउँ भएकाे सवारि आवतजावत गर्न अवस्था समेत नभएकाेले उद्धारकर्मी पुग्न चार घण्टा पैदल हिडनु पर्दा उद्धारमा ढिला भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।