कास्कीमा पहिराेमा परि दुइ जना बालबालिकाकाे ज्यान गएको छ ;
काठमाण्डौ १२ असार । कास्कीकाे मादी गाउँपालिका ५ मा पहिराेमा परि दुइ जना बालबालिकाकाे ज्यान गएको छ । मादी गाउँपालिकाकी १३वर्षीय आयुश्मा रानाभाट र पाेखरा महानगर २७ आरुपाटाका तिन वर्षका अनमाेल सुनार रहेका छन । घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको ज्यान गएको हो भने जुरआमा ७० वर्षीय लालमायालाई सकुशल उद्धार गरिएको छ । राति आएकाे पहिराेले घर पुरिँदा अनमोलको ज्यान गएको हो ।