लमजुङमा पहिराेले तिन घर बगायाे एकै घरका चार जना बेपता
काठमाडाैँ ११ असार । लमजुङकाे क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तिन घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् एक जनाकाे उद्धार गरीएकाे छ । गएराति आएकाे पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन्। पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको छन ।पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ ।