बूढीखोलामा आएकाे बाढीले बगाउँदा एककाे मृत्यु दुई बेपत्ता ;
काठमाडाैँ ११ असार । मोरङको सुन्दरहैचा नगरपालिका ५ मा बूढीखोलामा आएकाे बाढीले बगाउँदा एक महिलाकाे मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । माछा मार्ने क्रममा उनिहरुलाइ एक्कासी बाढीले बगाएको थियाे ।बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ र दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको छ भने ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन् ।