पुर्बी पहाडको पर्यटकीय गन्तब्य बन्दै संखुवासभा
कोशी प्रदेशका चौध जिल्लाहरु मध्ये पुर्बी पहाडको हिमाली जिल्ला हो संखुवासभा , उतर तर्फ विश्वको पाचौ शिखर मकालु हिमाल अबस्थित छ भने दक्षिण तर्फ विश्वकै सबै भन्दा होचो अरुण उपत्यका यसै जिल्लामा पर्दछ प्रसिद्द धार्मिक स्थल सिवधारा , सभापोखरी , मनकामना , सिद्द्काली , धर्मदेबी, वालेश्वर र बानेश्वर जस्ता प्रसिद्द धार्मिक स्थल रहेको यो जिल्लामा मकालु बरुण रास्ट्रीय निकुन्ज , गुफापोखरी , सभापोखरी , यलम्बर पार्क , अठाइस प्रजातिका गुरास फुल्ने गुरासको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले जस्ता पर्यटकीय स्थलहरु यहि जिल्लामा पर्दछन , कालो सुन भनेर चिनिने अलैची , रुद्राक्ष , अम्लिसो , चिराइतो जस्ता बहुमुल्य नगदे बालीहरु उत्पादन हुने गर्दछन यसै गरि हिमाली क्षेत्रमा पाखंनबेद ठुलोओखत , पाचऔले , बिखुम्बा ,जस्ता औसधि जन्य जडिबुटी पाइन्छ ,रातो पाण्डा लगायत दुर्लब बन्य जन्तु यसै जिल्लामा पाइन्छ, बहुचर्चित नौ सय मेगावाटको अरुण तेश्रो जलबिधुत परियोजना निर्माणाधीन अवस्थामा छ भने साना ठुला गरि आधा दर्जन जति अन्य बिधुत परियोजना निर्माण भइसकेका छन् , पाच वटा नगरपालिका र पाच वटा गाउपालिका सहित जम्मा दस वटा स्थानीय तह रहेको यो जिल्लामा प्राय सबै स्थानीय तहहरुमा मोटर बाटो पुगिसकेको छ अन्य क्षेत्रमा सडक संजालले जोडिने क्रम जारि छ , भारत र छिन् जोड्ने किमाथांका जोगबनी सडक निमार्ण भैरहेको छ , यो सडक संचालन भएपछि चिन र भारतबाट आयात निर्यातमा धेरै सहजता र सरलता हुनेछ , जल स्रोतको धनि जिल्ला भएकोले खानेपानी र सिंचाईको प्रबन्ध प्राय सबै तिर भैसकेको छ त्यस्तै बिधुत विस्तारलाई पनि उतिकै तिब्रता दिइएको छ , जिल्लामा रहेको एक मात्र तुम्लिङटार विमानस्थलबाट हवाई यात्रा सहज हुने गरेको छ भने हिले लेगुवा हुदै र बसन्तपुर चैनपुर हुदै सदरमुकाम खादबारी सम्म सडक यातायातबाट सहजै यात्रा गर्न सकिन्छ , शिक्षाको क्षेत्रमा समेत अग्रणी स्थानमा रहेको संखुवासभा जातीय विविधताको धनि मानिन्छ यी सबै कुराले भरिपूर्ण संखुवासभा पर्यटकीय हिसाबले प्रमुख गन्तब्य बन्दै गएको छ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ त्यसैले हामि सबै नेपाली तथा बिदेशीहरुलाई एक पटक संखुवासभाको भ्रमणगरी पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन आमन्त्रण गरिन्छ /