भ्रष्ट र अबिस्वास्निय बन्दै नेपाल
सगरमाथा र गौतम बुद्धको देश नेपाल बिश्वको आखामा सुन्दर शान्त र पबित्र देश मानिन्थ्यो । वीर गोर्खाली अनि इमान्दार र मेहन्ती नेपालीहरुको देश भनेर गौरव हुन्थ्यो । प्रकृतिको सुन्दर उपहार मानिएको जल जङ्गल हिमाल अनि खनिज तत्व्को भण्डार भएको नेपाल आफैमा एउटा सुनको कचौरा भन्ने गरिन्छ तर त्यही सुनको कचौरा हामीले चिन्न नसकेर त्यही कचौरामा भिख मागिरहेका छौ । सुन फल्ने जल र जमिन छ तर मरुभूमिमा परिणत हुन थालिसकेको छ बिश्वमा जलश्रोतको दोस्रो धनी देश तर मरुभूमिको देश साउदी र मलेसिया बाट पानी ल्याएर खाने गर्छौ । कुनै बेला भुटान र अन्य देशलाइ खाद्यान्न बाड्ने हामी अहिले विभिन्न देश सग अनुदानमा गहु र पिठो माग्ने गर्छौ आखिर हामी र हाम्रो देश किन यो अबस्थामा पुग्यो यसको खोजी गर्नु जरुरी भएको छ । देशमा ठुला ठुला राजनीतिक क्रान्ति र परिबर्तन नभएका होइनन राणा शासन र सक्रिय राजतन्त्र समेत अन्त्य गरि देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको छ राजा र राणाहरुले देश बिगारे देश बिकास गरेनन भन्नेहरुले नै सत्ता चलाएको पनि दसकौ भैसक्यो तर झन झन देश ओरालो लागिरहेको छ अर्थतन्त्र डामाडाेल भैसकेको छ कृषि उत्पादन छैन रोजगार छैन भएका कलकारखाना पनि सबै बन्द भैसकेका छन नयाँ खोल्ने कुनै नीति र कार्यक्रम छैन आर्थिक श्रोत साधन समेत छैन लाखौ युबा बिदेश पलायन हुन बाध्य छ्न जताततै चरम असन्तुष्टि छ यसको मुख्य कारण नेपालमा हुने भ्रष्टाचार नै हो साना साना पदका ब्यक्ति देखि उच्च ओहदामा रहेका प्रधानमन्त्री सम्म भ्रष्टाचारको जालोमा पर्ने देखिन्छन् सस्थागत भ्रष्टाचारले जरो गाडेको सम्पुर्ण ब्यक्ति र सम्पुर्ण समाज नै भ्रष्टको अखाडा बनेको छ । यहाँ सम्मकी नेपाली नागरिकलाइ बिदेशी नागरिक बनाएर लाखौ रकम असुल गरेर अर्को देशमा शरणार्थी बनाएर बेच्ने सम्मको गम्भीर र देश द्रोही अपराध र भ्रष्टाचार गरेको घटनाले अहिले सम्पुर्ण विश्व नै तरङ्गित भइरहेको छ । अमेरिका जस्तो देशलाइ समेत झुक्याउने गरि नक्कली भुटानी शरणार्थी प्रकरणले झस्काएको छ । अब ससारका कुनै पनि देशले नेपालीहरुलाइ भिसा नदिने अबस्था आइसक्यो नेपाली भन्नासाथ संकाको नजरले हेर्न थालेका छन हाम्रो बिश्वसनियता गुम्दै गइरहेको छ । यो सबको कारण नेपाली नेतृत्व पङ्तीका सबै पार्टीका नेता कार्यकर्ता सबै भ्रष्ट भएकैले हो जिम्मेवार निकायमा रहेका ब्यक्तिहरुनै भ्रष्टाचारमा लिप्त भएकाले आज यो दिन आएको छ । त्यसैले नेपाललाई बिश्व सामु बिश्वस्निय ढंगले चिनाउन देशलाइ सहि बाटोमा हिंडाउन सबै प्रकारका भ्रष्टहरु निर्मुल गर्दै भ्रष्टहरुलाइ आजिबन जेल हाल्न सक्नु पर्दछ उनिहरुसग भएको अकुत सम्पती जफत गरेर राज्य कोषमा ल्याउनु पर्दछ अनि मात्र नेपाल र नेपालीहरुको बिश्व सामु गुमेको साख फर्काउनु सकिने छ अनि देशलाई बिकासको बाटोमा लैजान सकिने छ ।